बुटवल । रुपन्देहीमा छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरस्थित गोरख यादवले आफ्नै घरमा धारिलो हतियार प्रहार गरि बुवाआमाको हत्या गरेका हुन्।
कान्छो छोरा गोरखले आज बिहान आफ्नै घरको कोठाभित्र ७२ वर्षीय बुबा राम नारायण यादव र ७० वर्षीय आमा थगना यादवमाथी धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले बुटवल अनलाइनलाई जानकारी दिएको छ ।
हतियार प्रहारपछी राम नारायणको घटनास्थलमै मृत्यु भएको थियो । आमा थगनाको युनीभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुवाआमाको हत्या गर्ने यादवको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ । उनलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्