बुटवल ।
नेकपा स्थायी समिति सदस्य तथा पूर्व सांसद लिलामणी पोखरेलले कालापानीको नेपाली भूमि मिचेर भारतले सार्वजनिक गरेको नक्शाले भारतसंगको सिमा समस्याको स्थायी समाधान निकाल्ने अवसर आएको बताउनु भएको छ ।
भारतसंगको सिमा तथा नेपाली भूमि अतिक्रमणको विषय र राष्ट्रिय स्वाधिनताको लडाईमा सिङ्गो देश एकताबद्ध भएको बर्तमान अवस्थामा उच्च राजनीतिक तवरबाट भारतसंगका सबै समस्या समाधान गर्न सरकार गम्भिर भएर लाग्न उहाँले सुझाव दिनु भयो ।
निर्मल लामा स्मृति प्रतिष्ठान, नेपाल रुपन्देही शाखाले शनिवार बुटवलमा जागरण अभियान अन्तरगत आयोजना गरेको भ्रष्ट्राचार विरुद्ध तथा राष्ट्रिय स्वाधिनताको विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सिमा विवाद उत्ताउलो प्रकारले समाधान हुने विषय नभएको र त्यसलाई राष्ट्र बचाउने आन्दोलनका रुपमा अगाडी बढाउनु जरुरी भएको धारणा राख्नु भयो । पोखरेलले कालीको मुहान लिम्पियाधुरादेखि सम्पूर्ण कालापानी क्ष्ँेत्रबाट भारतीय सेना फिर्ता गराउन नेपाली जनतामा ऐतिहासिक एकता कायम भएको हुदा असमान संझौता खारेजी गर्ने अभियानमा लाग्न आग्रह गर्नु भयो ।
पोखरेलले भ्रष्टाचारको कारण र स्रोत राज्य सत्ता र शक्ति भएको हुदाँ राज्य सत्तासम्म पहुच हुने व्यक्ति र संस्थाबाटै नेपालमा भ्रष्टाचार मौलाएको हुदाँ कारवाहीको दायरालाई सशक्त बनाउनु पर्ने बताउनु भयो । उहाँले शक्ति र सत्ताको आडमा हुने भ्रष्टाचारको अन्त्य गर्न भ्रष्टाचारमुखी आचारण विरुद्ध कठोर दण्ड व्यवस्था, उत्तरदायी राज्य प्रणाली, इमान्दार एवं अनुशासित राज्य संयन्त्र र नागरिक सचेतना जरुरी रहेको धारणा राख्नु भयो ।
नेपालमा बढ्दो भ्रष्टाचारले नागरिकको दैनिक जीवनदेखि राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतासम्ममा दुश्प्रभाव परेको टिप्पणी गर्दै राजनीतिक दल र नेता कार्यकर्तामा विग्रिएको आचारणले नया नया रुपमा भ्रष्टाचार देखापरेको बताउनु भयो । उहाले नेपालको बर्तमान निर्वाचन प्रणालीले राजनीतिमा भ्रष्टाचार गर्न प्रोत्साहीत गरिरहेको हुदा निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको सुझाव आएको जनाउनु भयो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष हकिउल्ला खाँको अध्यक्ष्यतामा रमेश आर्चायको सञ्चालनमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य लेखराज रेग्मी, नेकपाका जिल्ला सचिव निर्मल जिसी, राष्ट्रिय उद्योग महासंघका डम्मरदेव अर्याल, शहिद प्रतिष्ठानका अध्यक्ष रामप्रसाद बञ्जाडे, निर्मल लामा प्रतिष्ठानका सचिव कृष्ण पोखरेल लगायत बोल्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्