JanataToday.com

Advertisment

SKIP THIS

नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न

नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न

बुटवल ।
नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले दुग्यजन्य बस्तुको विविधकरणमा विशेष जोड दिनुभयो । उहाँले नेपालले विश्व व्यापार संगठनको सदस्य बनेको कारण विस्तारै विदेशी बहुराष्ट्रिय कम्पनीहरुको लगानी नेपालमा बढ्दै गएको कारण उनीहरु संग प्रतिष्पर्धा गर्ने गरी सोही अनुसारको बस्तु उत्पादनमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश ५ का प्रमुख तुलसीराम भण्डारीले नीजि क्षेत्रको योगदान दुग्ध क्षेत्रमा अत्यात्नै महत्पूर्ण रहेको बताउनुभयो ।
साना डेरीहरु, मझौला डेरी र ठुला डेरी गरी नेपालमा अहिले ३ प्रकारका डेरीहरु रहेको भन्दै उहाँले डेरी उद्योग सञ्चालकहरुले विशेषगरी खाद्या पद्धार्थको सुद्धता, गुणस्तरियतामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का पशुपंक्षि विकास महाशाखा प्रमुख डा प्रदिप शर्मा पौडेल ,
नेपाल डेरी एशोसीयसनका केन्द्रीय कोषाध्यक्ष दयानीधी भण्डारीले वित्तीय पहुँचमा किसानहरुको अहिले पनि सहभागीता न्युन रहेको भन्दै अनुदान लगायत अनुदानको ऋण प्रदानगर्दा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल डेरीएशोसीयसनका प्रदेश ५ संयोजक खिम प्रसाद भटराईले किसानहरुकोसमस्या समाधानको लागि नेपाल डेरी एशोसियनसनले विशेष भुमिका खेलेको भन्दै अव एकल रुपमा नभई सामुहिक भावनाले सोही अनुसारको व्यवसाय विस्तार गर्नको लागि आफुहरु प्रतिवद्ध भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण पौडेल, टिकाराम खराल, शिव भुषाल, प्रदेश ५ सह–सचिव रेशब बहादुर खड्का, एशोसीयसनका प्रदेश ५ सचिव घननाथ पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रदेश ५ संयोजक खिम प्रसाद भटराई(कृष्ण)को अध्यक्ष्यक्षता, प्रदेश उपाध्यक्ष खेमराज घिमिरेको स्वागत र सचिव घननाथ पौडेलको सञ्चालनमा भएको थियो

प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij