बुटवल
यही मंसिर २४ र २५गते बुटवलमा हुने नेपाल बार एशोसिएशनको मानव अधिकार राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद् बैठक हुदैछ ।नेपाल बार एशोसिएशनको आयोजना तथा उच्च अदालत बार एशोसिएशन बुटवलमा हुन गइरहेको मानव अधिकार राष्ट्रिय सम्मेलन तथा ४६ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकको तयारी पुरा आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गरएका छन ।बुटवलमा धेरै वर्षको अन्तरालमा केन्द्रीय स्तरको कार्यक्रम हुन लागेकाले उच्च अदालत बार एशोसिएशन बुटवल र अन्य छिमेकी बार एकाईमा आवद्ध कानून व्यवसायीहरु सक्रियतापूर्वक लागिपर्नु भएको छ ।
सम्मेलनको सर्वोच्च अदालतका प्रधान न्यायधीश चोलेन्द्र शम्शेर जबरा को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेजनाइएको छ साथै कार्यक्रममा देश भरका करिब आठ सय जना कानून व्यावसायीको सहभागिता रहने भएका छन ।उद्घाटन समारोह स्थल व्यवस्थापन, सहभागीहरुको लागि बस्ने व्यवस्था, प्रभातफेरी लगायतका तयारी पूरा भएको अध्यक्ष जोग बहादुर खत्रीले बताउनु भयो ।
कार्यक्रम सफल बनाउन गठित मूल समिति र उपसमितिले आ–आफ्नो जिम्माको काम लगभग पूरा गरेको जनाएका छन् । सममेलनको पहिलो दिन मानव अधिकारका विषयमा छलफल हुने, द्धन्द कालिन मुूद्दा र वेपता नागरिकका वारेमा छलफल गरिने र दोस्रो दिन संम्बिधानमा, कानुनी जटिलता विषयमा छलफल गरि बुटवल घोषणापत्र जारी गरिेने अध्यक्ष खत्रीले पत्रकार सममेलनमा जानकारी गराउनु भएको हो । कार्यक्रमको लागि बार सचिव गोविन्द प्रसाद मरासिनीको संयोजकत्वमा सचिवालय समेत स्थापना भएको छ । यसैगरी कार्यक्रम सफल पार्न खाद्य व्यवस्थापन समितिमा संयोजक राजेन्द्र भट्टराई र सहसंयोजक युवराज पाण्डे, आवास व्यवस्थापनमा संयोजक घनश्याम पन्त र सहसंयोजक खडानन्द भण्डारी, मञ्च व्यवस्थापनमा संयोजक पशुपति भण्डारी र सहसंयोजक रामजी ज्ञवाली, प्रचार प्रसार समितिमा संयोजक गोविन्द प्रसाद मरासिनी र सहसंयोजक नागेन्द्रप्रसाद बस्याल रहनुभएको छ ।
त्यसैगरी अतिथि स्वागत–सत्कार उपसमितिमा मीना पाण्डे पन्थ संयोजक र ज्ञानु केसी सहसंयोजक, स्वागत द्वार निर्माण उपसमितिमा माधव घिमिरे संयोजक र सहसंयोजक राजन नेपाल, सहभागी रजिष्ट्रेशनमा नागेन्द्र प्रसाद यादव र सहसंयोजकमा बाबुराम भुसाल, ¥याली व्यवस्थापनमा संयोजक यमलाल खनाल सहसंयोजकमा भविश्वर भट्टराई, स्वास्थ्य सेवामा संयोजक कैलाशचन्द्र ज्ञवाली र सहसंयोजक मदन पुन, सांस्कृतिक उपसमितिमा संयोजक महेन्द्र पाण्डे र सहसंयोजकमा कृष्णबहादुर कुँवर रहनुभएको छ । त्यसैगरी अनुगमन उपसमितिमा वरिष्ठ अधिवक्ता नेत्र बहादुर नेपालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता तेज प्रसाद कणेंल एवं बार एकाईमा आबद्ध सम्पूर्ण वरिष्ठ अधिवक्ताहरु, पूर्व अध्यक्षहरु समेत रहनुभएको छ ।
यस बार एकाईमा एक सय एकतीस जना सदस्य रहनुभएकोमा पेशामा क्रियाशील सबैजसो कानून व्यवसायीहरु कुनै न कुनै समिति वा उपसमितिमा रही क्रियाशील रहनुभएको छ । सम्मेलन तथा कार्यकारिणी बैठकमा वरिष्ठ अधिवक्ताहरु, नेपाल बारका पूर्व पदाधिकारी तथा सदस्यहरु, बार एकाईका केन्द्रीय पार्षदहरु, अध्यक्ष तथा सचिवहरु, नेपाल कानून व्यवसायी परिषदका पार्षदहरु एवं मानव अधिकार तथा जनसरोकार समितिका संयोजकलगायतको सहभागिता रहने छ
प्रकाशित मिति : आइतबार, मंसिर २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्