नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी १९ वर्ष मुनिको महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन् ।
आगामी माघ ७ गतेदेखि माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ छन् । यस्तै, समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (युएई) तथा समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलङ्का, अमेरिका र स्कटल्यान्ड रहेका छन् ।
नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल माघ ८ गते आयरल्यान्डसँग खेल्नेछ । त्यसपछि नेपालले भारत र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ
प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्