JanataToday.com

Advertisment

SKIP THIS

बसहरुमा बोनोट र क्याबिनमा महिला नराख्न पश्चिम नेपाल बस ब्यवसायी प्रालिको निर्देशन

बसहरुमा बोनोट र क्याबिनमा महिला नराख्न पश्चिम नेपाल बस ब्यवसायी प्रालिको निर्देशन

बुटवल।
पश्चिम नेपाल यातायात ब्यवसायी प्रा लिले गरेको प्रशिक्षण शिबिरमा सहभागिहरुबाट दुर्घटनाका धेरै कारणहरु मध्य बोनोटमा महिला राख्नु, सवारी चलाउंदा मोबाईल प्रयोग गर्नु, मापसे सेवन गर्नु, सवारी चेकजांच नगरि चलाउनु, ओभरलोड, सडकको अवस्था तथा सरकारी निकायको नियमीत अनुगमन नभएको सहभागिहरुले गुनासो गरेका छन ।दिनहुं जसो सवारी दुर्घटनाबाट नागरिकहरुको मृत्यु हुन थालेपछि बुटवलमा सवारी साधनका चालकहरुलाई प्रशिक्षण शिविरमा राखिएको छ । ठूला साना सवारी दुर्घटनामा परेका १ सय ७५ बढी बस चालकलाई दुर्घटना न्युनिकरणका बिषयमा प्रशिक्षणमा राखिएको हो ।सवारी साधन दुर्घटनाका कारणहरु मध्य धेरै घटनाहरुमा बोनोटमा महिला राखेको अवस्थामा दुर्घटना भएको गुनासो आएपछि पश्चिम नेपाल बस ब्यवसायी प्रालि अन्तर्गतका बसहरुमा बोनोट र क्याबिनमा महिला सवारी नराख्न प्रालिले निर्देशन दिएको छ ।
सहभागिहरुको गुनासो सुने लगत्तै प्रा।लिका अध्यक्ष दधिराम खरेलले पश्चिम नेपालका कुनै पनि बसहरुमा क्याबिनमा महिला नराख्न र सवारी चलाएको अवस्थामा मोबाईल प्रयोग नगर्न चालकहरुलाई निर्देशन दिनुभयो।
यातायात ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्ति पाण्डे ,कार्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक राम प्रसाद शाह, एबिसी न्युजका प्रदेश ५ ब्यूरो प्रमुख शरण कर्माचार्य, प्रा।लिका संचालक जिवन बन्जाडे लगायतले प्रशिक्षण अन्तरक्रियात्मक र परिणाममुखी हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी निरिक्षक ज्ञानु पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij