साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई रियादस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतवासले मंगलबार सूचना जारी गर्दै सुरक्षा सावधानी अपनाउन, स्थानीय प्रशासन तथा आधिकारिक निकायबाट जारी निर्देशन पालना गर्न र अपुष्ट सूचना सम्प्रेषण नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

दूतावासले सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएको अवस्थामा अनावश्यक रूपमा बाहिर ननिस्कन तथा स्थानीय प्रशासनले जारी गरेका सूचनालाई नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ ।

त्यस्तै, साउदी अरबको सुरक्षा अवस्थासम्बन्धी आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि दूतावासले सचेत गराएको छ । अपुष्ट सामग्रीले भ्रम फैलाउन सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न दूतावासको आग्रह छ ।

साउदी अरबबाट नेपाल वा अन्य मुलुकमा हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई पनि दूतावासले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको निर्धारित तालिका र सम्भावित परिवर्तनबारे जानकारी लिन तथा उडानको अवस्था सुनिश्चित भएपछि मात्र विमानस्थलतर्फ प्रस्थान गर्न सुझाव दिइएको छ ।

हुथी विद्रोही समूहको आक्रमणका कारण साउदी अरबमा सुरक्षा सतर्कता बढेको सन्दर्भमा दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई संयमित रहन र आधिकारिक निर्देशनको पालना गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij