यू–१९ एशिया कप : नेपालको लगातार तेस्रो हार

यू–१९ एशिया कप : नेपालको लगातार तेस्रो हार

काठमाण्डाै – ओमानमा चलिरहेको १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको पाकिस्तानसँगको खेलमा नेपाल १०१ रनले पराजित भयो ।

पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभर ४ बलमा १७४ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका रोहित चन्दले सबैभन्दा धेरै ३७ रन बनाए । पाकिस्तानका अहमद हुसेनले ४ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो । पाकिस्तानका अहमद हुसेनले ८९, कप्तान फरहान युसुफले ७४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ३, सुशीलबहादुर रावलले २ विकेट लिए ।

नेपल यसअघि लगातार दुई हारसँगै समूह चरणबाट बाहिरिइसकेको थियाे । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा भारतसँग १० विकेट र दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७ विकेटले पराजित भएको थियो ।

पाकिस्तान लगातार तेस्रो जीतसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा यूएईलाई ९ विकेट र दोस्रो खेलमा भारतलाई ३ विकेटले हराएको थियो । याे समूहबाट भारत दाेस्राे स्थानमा रहेर सेमिफाइनलमा पुगेकाे छ ।

समूह ‘बी’ बाट अफगानिस्तान अपराजित रहँदै शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन्

प्रकाशित मिति : मंगलबार, कार्तिक २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij