तिलोत्तमा, रुपन्देहीमा देउसी भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले बिहीबार राति करिब १२ः०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १० स्थित महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएकामा रुपन्देहीको देवदह नगरपालिका ७ निवासी ३० वर्षीय चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका ३ निवासी २१ वर्षीय प्राप्ती बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले परम्परागत देउसी
भैलो कार्यक्रममार्फत नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्न आग्रह गरेको छ । साथै, स्वेच्छाचारी तथा अमर्यादित तवरले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्