काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ खेल्ने टोली र खेल तालिकाको टुंगो लागेको छ। आइतबार पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेसँगै प्लेअफको समीकरण स्पष्ट भएको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमै अलआउट भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन बनाएको थियो।
लिग चरणको नतिजासँगै अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार हुनेछ।
त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल बुधबार हुने तय भएको छ।
पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अर्को अवसर पाउनेछ। इलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्