तिलोत्तमामा औद्योगिक व्यापार मेलाको तयारी : के–के छन् विशेषता ?

तिलोत्तमामा औद्योगिक व्यापार मेलाको तयारी : के–के छन् विशेषता ?

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमामा यहि मंसिर ३ गतेदेखि औद्योगिक व्यापार मेला हुँदैछ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर ३ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा ‘चौथो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०८३’ गर्न लागिएको हो ।

‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी ः दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना गरिएको मेलामा औद्योगिक तथा स्थानीय उत्पादनको प्रवद्र्धन, व्यापार विस्तार र आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीका अनुसार स्थानीय उत्पादनलाई बजारसँग जोड्दै औद्योगिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउन मेला आयोजना गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघले संरक्षक, बन वातावरण तथा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेश प्रवद्र्धक तथा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठन सहआयोजनामा सञ्चालन गरिने मेला करिव ३ सय स्टल रहने छन् ।

१४ दिनसम्म सञ्चालन हुने मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री मेलाका मुख्य आकर्षणका रुपमा रहने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मुल आयोजक समितिका सहसंयोजक सुरज पंगेनी बताए । उनका अनुसार मुलामा कृषि र पर्यटन प्रवद्र्धन गर्नेगरी अन्य धेरै विषय समेटिएका छन् । मेलामा मनोरञ्जनका लागि पनि विभिन्न आकर्षण समावेश गरिएका छन् । संघका महासचिव तथा मेलका प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटर फल, चरखे पिङ, ३६० डिग्री झुला र ‘जिरो ग्राभिटी झुला’ मेलाका विशेष आकर्षण हुनेछन् ।

त्यसैगरी पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैलीमा निर्माण गरिने मुख्य प्रवेशद्वारले पनि मेलालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । त्यसैगरी मेलामा रामायण–शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान लगायतका गतिविधिले मेलाको आकर्षण बढाएको छ । तिलोत्तमाको पर्यटन प्रवद्र्धनका लागि तिलोत्तमा नगरपालिका भित्रका पर्यटकीय गन्तव्य पहिचान झल्किने पर्यटन ग्यालरी राखिने छ । यसले तिलोत्तमाको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने गरिएको छ ।

मेलालाई मनोरञ्जन र व्यापारमा मात्र सीमित नराखी उद्यमशीलता, श्रम तथा वातावरणीय सचेतनासँग जोड्ने कार्यक्रमसमेत तय गरिएको छ । मेलामा जलवायु परिवर्तन र त्यसले पारेका प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । विद्यार्थीलाई उद्यमी बन्न प्रेरित गर्ने कार्यक्रमका साथै हरेक दिन सफल उद्यमीका अनुभव र प्रेरणादायी मन्तव्य प्रस्तुत गरिनेछ । त्यस्तै, विभिन्न समसामयिक तथा व्यावसायिक विषयमा प्यानल छलफल आयोजना गरिनेछ ।

मेलामा श्रम डेस्क स्थापना गर्नुका साथै श्रम अडिटसमेत गर्ने कार्यक्रम राखिएको छ । यसले उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्ध तथा श्रमसम्बन्धी विषयमा जानकारी र सहजीकरण गर्ने गरिएको अपेक्षा छ । संघका निवर्तमान अध्यक्ष गुणनिधि भण्डारीले यसअघि संघले तीनवटा औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गर्दै चौथो संस्करणलाई पनि सफल बनाउन संघको सिंगो टिम तयारीमा जुटेको बताए ।

मेला सफल बनाउन लागि परेको तिलोत्तमा उद्योग वाणिज्य संघले सुरुवाती दिनदेखि नै संघका पदाधिकारी तथा सदस्यहरु जिम्मेवारी प्रदान गरेको छ । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई मूल आयोजक समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी निवर्तमान अध्यक्ष गुणनिधी (माधव) भण्डारीलाई अतिथि सत्कार,मूल्याङ्कन तथा अनुगमन समिति संयोजक, वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीलाई मूल आयोजक समितिको सह–संयोजक, मानार्थ सदस्य हरिलाल पाण्डेलाई राजनीतिक दल एवम् संघ सस्था समन्वय समिति संयोजक, उद्योग उपाध्यक्ष सुर्यप्रसाद न्यौपानेलाई स्टल दर्ता तथा वितरणन समिति संयोजक,

वाणिज्य उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलाई स्टल निर्माण एवम् वाणिज्य समन्वयन समिति संयोजकको जिम्मेवारी दिईएको छ । त्यस्तै महासचिव राजकुमार पाण्डेलाई प्रवक्ता एवम् उपहार, प्रमाणपत्र, परिचयपत्र एवम् छपाई समिति संयोजक, कोषाध्यक्ष टिकाराम भण्डारीलाई मञ्च, स्वागतद्वार तथा सजावट समिति संयोजक, सचिव वीना न्यौपानेलाई तालीम,गोष्ठी तथा सेमिनार समिति संयोजक, सहसचिव कृष्णप्रसाद पाण्डेलाई खाना,खाजा तथा आवाश समिति संयोजक तथा सहकोषाध्यक्ष बसन्त रोक्का क्षेत्रीलाई कृषि प्रविधि तथा बजारीकरण समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुलाई पनि सोही अनुसारका जिम्मेवारी प्रदान गरि तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : मंगलबार, मंसिर १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij