JanataToday.com

Advertisment

SKIP THIS

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्धारा तयार मानव विकास प्रतिवेदन २०१९ बुटवलमा सार्वजनिक

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्धारा तयार मानव विकास प्रतिवेदन २०१९ बुटवलमा सार्वजनिक

बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमित तथ्याँकको विश्लेषण गरेर नेपालको जीवनस्तर मापन गर्न नसकिने भन्दै जारी मानव विकास प्रतिवेदन आफैमा पूर्ण नभएको बताउनु भएको छ ।उहाले पूर्वाधार विनाको विकासको उपलव्धि शून्य हुने भएकोले प्रदेश सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाँले सडक, पुल, खानेपानी, विजुली लगायतको पूर्वाधार नभैकन विकासको कल्पना पनि गर्न नसकिने भन्दै पूर्वाधारको विकास भएमात्रै शहरलाई गाउँ र तराईलाई पहाडसम्म जोड्न सकिने बताउनु भयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्धारा तयार मानव विकास प्रतिवेदन २०१९ आज बुटवलमा सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले मुलुकमा तीन तहको सरकार वनेपछि विकासले तीव्र रुप हासिल गरेको बताउनु भयो ।
जनताको स्वास्थ्य विमाले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच बढाएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसैगरी प्राविधिक शिक्षामा समेत प्रदेश सरकारले विशेष प्राथमिकता दिएकोले अव बेरोजगारीको दर समेत घटनेमा आफू आशाबादी रहेको भन्नुभयो ।
उहाँले जनताको आर्थिक जीवनस्तरमा सुधार भैरहेको भन्दै प्राविधिक शिक्षा, स्वास्थ्य विमा र जनतामा पछिल्लो समय भैरहेको सचेतना पहुँच बृद्धि नै कारण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका परियोजना विज्ञ बलराम पौडेलले मानव विकास प्रतिवेदनले नेपाली जनताको जीवनस्तरमा सुधार हुँदै गएको भएपनि छिटो आर्थिक बृद्धि हासिल गर्ने सवालमा भने अझै धेरै समय लाग्ने बताउनु भयो ।युएनडिपीका प्रदेश ५ संयोजक सुदीप अर्यालले नेपाल आर्थिक र लैंगिक हिसावले समान अवस्थामा आउन अझै धेरै वर्ष लाग्ने बताउनु भयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र लुम्विनी बौद्ध विश्वविद्यालयले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका उपकुलपति ह्दयरत्न बज्राचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij