काठमाडौं , मलेसिया जाने नेपाली श्रमीकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बूढानीलकण्ठस्थित उनको निवासमा बिहीबार साँझ छापा मारेको हो ।
उनलाई बिहीबार मात्रै प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । सीआईबीको नियन्त्रणमा रहेका पूर्वमुख्यसचिव अर्याललाई भोलि म्याद थपका लागि अदालत लाने तयारी प्रहरीको छ ।
त्यसअघि सो प्रकरणसँग जोडिएका कागजात भेटिनसक्ने आशंकामा सीआईबीले उनको घरमा छामा मारेको हो ।
प्रकाशित मिति : बिहिबार, मंसिर १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्