पाल्पामा मदिरा खाएर भएको बिबादमा ढुङ्गा प्रहार गरी साथिकै हत्या

पाल्पामा मदिरा खाएर भएको बिबादमा ढुङ्गा प्रहार गरी साथिकै हत्या

पाल्पा , पाल्पामा ढुंगा प्रहार गरेर एक जनाको हत्या भएको छ।

तिनाउ गाउँपालिका ६ सिसुवा खहरेका ४५ वर्षीय नन्दलाल बजगाईको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।

हत्याको आरोपमा सोही वडाको जन्तिलुङका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका छन्। आइतबार बेलुकी ६ बजे उनीहरू सँगै बसेर मदिरा सेवन गरेका थिए। एक आपसमा सामान्य विवादपछि भएको झगडामा लम्तरीले बजगाईलाई ढुंगा प्रहार गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको भट्टराईले बताए।

टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बजगाईलाई उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना लगत्तै फरार भएका अभियुक्त लम्तरीलाई सोमबार बेलुकी पौने ७ बजे पक्राउ गरिएको छ। रैनादेवी छहरा गाउँपालिका ४ छहरामा रहेको जलधारा होटलमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रनाउ भट्टराईले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बुधबार, मंसिर ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij