काठमाण्डाै – निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ । आयोगको हिजो बसेको बैठकले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डाैमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।
महाधिवेशन सम्पन्न भएपछि गएको कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज तथा समसामयिक राजनीतिक निर्णयहरूसहितको कागजात निर्वाचन आयोगमा पेश गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी वा कार्यसमिति हेरफेर गरेपछि आयोगमा जानकारी गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यही प्रक्रिया र कागजातका आधारमा दल दर्ता किताबमा पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक गरेको आयोगले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्