बुटवल । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई १० विकेटकाे नमिठाे हार चखाउदै सुदूरपश्चिम पहिलोपटक एनपीएलकाे च्याम्पियन बनेको हो।
याे जितसँगै सुदूरपश्चिमले लगातार दुई सिजन बनेकाे उपविजेताकाे सिलसिलामा ब्रेक लगाएकाे छ । यसअघि एनपीएलकाे पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले तथा दोस्रो संस्करणमा लुम्बिनी लायनसंग ६ विकेटले पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा सानदार जित निकमल्दर् उपाधि उचालेको हो।
फाइनलमा टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १५५ रनमै सीमित गरेको थियो। लुम्बिनीले सुदुरलाई दिएकाे १५६ रनकाे प्रतिस्पर्धात्मक योगफल सुदूरपश्चिमका ओपनरले उत्कृष्ट ब्याटिङ गर्दै भेटाउका हुन् ।
खेलमा १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट गुमाई १५८ रन बनाउँदै सहज जित निकाल्यो। टोलीले ३९ बल बाँकी छँदै १० विकेटको सानदार जित सुनिश्चित गरेको हो।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले विस्फोटक ब्याटिङ प्रस्तुत गरे। उनले ५४ बलमा अविजित १२५ रन बनाए। उनको आक्रामक इनिङ्समा चौका र छक्काको वर्षा नै गरेका थिए। मुन्सेले २३१ भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गर्दै टोलीलाई उपाधिसम्म पुर्याए।
मुन्सेलाई खेलमा बिनोद भण्डारीले उत्कृष्ट साथ दिए। भण्डारीले २७ बलमा अविजित ३० रन बनाए। दुवै ओपनरले पहिलो विकेटका लागि अविजित साझेदारी गर्दै लुम्बिनीका बलरलाई निकै दबाबमा राखे।
मुन्सेको शतकीय इनिङ्स नै फाइनलको मुख्य आकर्षण बन्यो। उत्कृष्ट प्रदर्शन गरेका उनी प्लेयर अफ द म्याचसमेत घोषित भए।
यसअघि लुम्बिनीले ब्याटिङ गर्दा सुदूरपश्चिमका बलरले नियमित अन्तरालमा विकेट लिदै विपक्षी ब्याट्सम्यानलाई ठूलो योगफल बनाउनबाट रोकेका थिए। स्कट कुगेलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। त्यसले लुम्बिनीलाई १५५ रनमा सीमित राख्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
सुदूरपश्चिमका लागि एनपीएल ३काे उपाधि विशेष उपलब्धि बनेको छ। एनपिएलकाे पहिलो संस्करणदेखि नै प्रतियोगितामा बलियो उपस्थिति जनाउँदै आएको सुदुरकाे टोलीले लगातार तेस्रोपटक फाइनल खेलेको हो। अघिल्ला दुई फाइनलमा पराजय बेहोरेको टोलीले यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।
अर्कोतर्फ, साविक विजेता लुम्बिनी लायन्स यसपटक उपविजेतामा सीमित भएको छ। एक मात्र खेलमा हार ब्याेरेर फाइनलसम्मको यात्रा तय गरेको लुम्बिनीले निर्णायक खेलमा ब्याटिङ र बलिङ दुवैमा सुदूरपश्चिमलाई रोक्न सकेन। सुदुरले लुम्बिनीकाे लगातार च्याम्पियन बन्ने सपना चकनाचुर बनाइदिएकाे छ ।
१० विकेटको जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणको उपाधि उचालेको छ। लगातार दुई फाइनलको निराशालाई जितमा बदल्दै टोलीले यसपटक आफ्नो च्याम्पियन बन्ने सपना पूरा गरेको छ।
सुदूरपश्चिम रोयल्सकाे सिानदार जितसंगै सुदूरपश्चिम रोयल्सका फ्यानहरूमा हर्षकाे संचार गराएकाे छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्