JanataToday.com

Advertisment

SKIP THIS

शाइन रेसुंगा डेभलपमेन्ट बैंक प्रदेश ५ को राष्ट्रियस्तरको विकास बैंक बन्यो

शाइन रेसुंगा डेभलपमेन्ट बैंक प्रदेश ५ को राष्ट्रियस्तरको विकास बैंक बन्यो

बुटवल ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन रेसुंगा बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भएको घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले रुपन्देहीको मणिग्राममाआज साझँ एक औपचारिक समारोह बीच गर्नु भएको हो ।
सोअवसरमा गभर्नर डा नेपालले पैसा कमाउन विदेश जाने प्रवृतिको अन्त्य गरि स्वदेशमा नै उत्पादनशील क्षेत्रमा लगानी गर्न आह्वान गर्नु भयो । उहाँले मुलुक भित्रै राम्रा अवसर र संभावना रहेता पनि ती अवसरलाई सदुपयोग गर्न नसक्दा सोचे अनुसारको आर्थिक उपलब्धी हासिल हुन अझै वाकी रहेको धारणा राख्नु भयो । गर्भनर डा नेपालले मुलुकमा विगत तीन वर्ष देखि आर्थिक वद्धि हुदै आएको र यस वर्ष पनि आर्थिक वृद्धि हुने धारणा राख्नु भयो ।
शाइन रेसुंगाले प्रदेश ५ कै अन्य तीनवटा विकास बैंकलाई प्राप्ति गरेपछि राष्ट्रियस्तरमा स्तरोन्नति भएको हो । प्रदेश ५ का विभिन्न जिल्लामा केन्द्रीय कार्यालय रहेका विकास बैंकहरु मिलेर राष्ट्रियस्तरको विकास बैंकको स्विकृति पाउनेमा शाइन रेसुंगा पहिलो बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न दुई अर्ब ५० करोड चुक्ता पुंजी तोकेकामा शाइन रेसुंगाको चुक्ता पुंजी दुई अर्ब ६२ करोड रहेको छ । देशभर हाल ११ वटा राष्ट्रियस्तरका विकास बैंक रहेका छन् । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्र सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो । शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने गतवर्ष मात्रै तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति एक्विजिशनगरी गत असोजबाट एकीकृत कारोबार शुरु गरेको थियो । बैंकको अहिले प्रदेश ५ का रोल्पा र रुकुम वाहेकका १० जिल्ला तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्ला कार्यक्षेत्र छन् । शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकबाट यही मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो । ‘राष्ट्र बैंकको नीति अनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरुको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नतिको विन्दुमा आइपुग्यौं’–पौडेलले भन्नु भयो बैंकको अधिकृत पूँजी पांच अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको बैंकको ७० वटा शाखा र एउटा एक्सटेन्सन कार्यालय छन् । प्रदेश ५ मा मात्रै बैंकका ६९ वटा शाखा कार्यालय छन् । प्रदेश ५ मा शाखा रहेका समग्र बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा कार्यालय हुने बैंक पनि शाइन रेसुंगा नै भएको छ
बैंकले हालसम्म २६ अर्ब ८२ करोड निक्षेप संकलन र २४ अर्ब १४ करोड कर्जा प्रवाह गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिनु भयो । बैकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्टृ बैक भैरहवा का निर्देशक राजेन्द्र भटृराई, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवि आर्चाय, बैकका संचालक थानेश्वर पौडेल लगायतले वोल्दै बैकले जनताको भावनालाई ख्याल गरि लगानी गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न ३ लाख रुपैयाँको अक्षयकोष स्थापनाका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीलाई चेक हस्तान्तरण गर्नु भएकोे छ । यस्तै मानव सेवा आश्रम बुटवललाई एक लाख पचास हजार, पाल्पाको रिव्दिकोट गाउँपालिका स्थित भवानी माविलाई एक थान ल्यापटप र प्रोजेक्टर प्रदान गरेको छ । यस्तै बैंकले बुटवलको राजमार्ग चौराहा र नयाँ बसपार्कमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । त्यसको व्यवस्थापन प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयले बुटवलले गर्ने भएको हो ।

प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij