बुटवल ।
रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घांटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घर नजिकै प्लटिङ गरेको जग्गामा खर काट्दै गरेको अवस्थामा तिलोत्तमा १० कै विकास गुरुङले परियारलाई चक्कु प्रहार गरेका थिए । घटनापछि भाग्दै गरेको गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिनभयो ।
गुरुङले प्रहार गरेको धारिलो हतियारबाट कमलादेवीको घाँटीमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति : शनिबार, मंसिर २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्