JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

 

तिलोत्तमा ।
तिलोत्तमा नगरस्तरीय दोस्रो मेयर कप खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुन्दर गुरुङ र लोक थापाको जोडीले जितेको छ । प्रतियोगितामा पदम थापा र थम्मन सारुको जोडीलाई उपविजेता बनाउँदै गुरुङ र थापाको जोडी प्रथम भएको हो प्रथम हुने जोडीले नगद ५० हजार र दोस्रो हुनेले नगद ३० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा लालमणि पन्थी र अशोक प्रधान तथा मणि राना र विष्णु थापाको जोडी तृतीय हुँदै नगद १०÷१० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छन् । प्रतियोगितामा उत्कृष्ट हुने जीवन पराजुलीले नगद ५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुस्कार प्रदान गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले मानव स्वास्थ्यमा खेलको महत्वपूर्ण भूमिका रहेको बताउँदै खेललाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले खेलाडीको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएको बताउनुभयो । नगरमा रहेका खेल मैदानहरुलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले यस कार्यमा प्रदेश र संघीय सरकारसँग समन्वय गरेर अघि बढिने प्रष्टाउनुभयो ।
तिलोत्तमा ब्याडमिण्टन क्लबको कवर्डहल तिलोत्तमा–६ दश नम्बरमा भएको प्रतियोगितामा ४६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा एकै साथ तीन वटा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा तिलोत्तमा नगरपालिकामा बसोबास भएका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको प्रारम्भमा नगर प्रमुख बासुदेव घिमिरे र क्लवका अध्यक्ष गोविन्द भुसालको जोडीबीच मैत्रीपूर्ण खेल भएको थियो । प्रतियोगितामा प्रमुख रेफ्री अर्जुन कार्की तथा सहायक रेफ्रीमा प्रमोद पहारी, ऋषि भण्डारी, सुदिप कंडेल रहनुभएको थियो । गत वर्ष भएको प्रथम मेयर कप ब्याडमिण्टन प्रतियोगिताको उपाधि मनिककुमार राना र सुन्दर गुरुङको जोडीले प्राप्त गरेको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij