बुटवल,
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं ९ गोखुङ्गा तल्लाहल्दे निवासी मोहन थापाको उपचारको लागि ड्रिम भिजन स्कुल अफ फर्साटिकर कक्षा ९ का विद्यार्थीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
दुई वर्ष पहिले आफ्नो घरको ऋण तिर्नको लागि साउदी अरब पुगेका मोहन गएको केही महिनापछि खुट्टा झमझमाउन थालेको र विस्तारै कम्मरबाट तल चल्न छोडेपछि साउदी अरबको हस्पिटलमा उपचार गराउँदा निको नभएपछि अरबमा रहेका प्रवासी नेपालीहरुको सक्रियताले नेपाल रकम पठाएका थिए ।
काठमाडौँमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलको रिपोट अनुसार ढाडमा ट्युमर भएको र त्यसमा केही क्यानसरको सङ्केत देखा परेको हुदा डाक्टरको सल्लाह अनुसार अप्रेसन गरी लामो समयसम्म औषधी खानुपर्ने र डाक्टरको रेखदेखमा रहे रोग निको हुने प्रबल सम्भावना भएको जानकारी पाएपछि मोहन थापाका बाबा मालारानी रुपन्देही सम्पर्क समाजको सम्पर्कमा आइ मोहन थापालाई बचाइदिन आग्रह गरेका छन् ।
मानवीय सेवा नै धर्म ठानी मालारानी रुपन्देही सम्पर्क समाजले मोहन थापा बचाउ अभियान सञ्चालन गरेको छ । त्यसै अभियानलाई साथ दिदै ड्रिम भिजन स्कुलका छात्र छात्राले आफ्नो खाजाखर्च कटाई अभियानका सदस्य मालारानी रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेलाई एक कार्यक्रमका बीच ८,१०५ रुपैया सहयोग गरेका छन्
प्रकाशित मिति : सोमबार, मंसिर ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्