बुटवल,
बुटवललाइ सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने तयारी तिब्र पारिएको छ ।सडकपेटी र सार्र्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्धेश्यले बुटवल उपमहानगरले पुस ५ गते नगरलाइ एक औपचारिक कार्यक्रम गरि सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने जनाएको छ ।
हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा उपमहानगरलाइ सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर बनाइने उपमहानगरपालिकाका प्रमुख शिब सुबेदीले बताउनुभयो ।
सडकमा बेसाहरा रुपमा जीवन विताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार गर्ने, उपचार गर्ने र आवासको व्यवस्था मिलाउने काममा मानव सेवा आश्रमसंग सहकार्य गरिरहेको उहले बताउनुभयो ।
बुटवलका सडकमा बेसहारा भएर बसेका मानवहरुलाई खोजीखोजी उद्दार गर्ने, आश्रममा लैजाने, उपचारको खँचो रहेकाहरुलाई उपचारको व्यवस्था मिलाउने सम्मका कामहरु भइरहेको मावन सेवा आश्रमकी केन्द्रिय महासचिब रुपा केसीले बताउनुभयो ।
मानवसेवा आश्रममले गतसालको पुस ७ गतेदेखि यता १ बर्षको अवधिमा १९७ जनाको उद्धार गरिसकेको छ । भने अहिले रात्रीकालिन उद्धार सेवा पनि चलाइएको केसीले बताउनुभयो ।
सो समितिमा सरोकावाला, नगरकार्यपालिका, सरकारी निकाय, सामाजिक संघ संस्था,नागरीक समाज,संचारकर्मी, टोलविकास संस्था, विभिन्न समुह, सामुदायिक संघसंस्था क्लव समाजसेवी, बुद्धिजीवि, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासमेतको सहकार्य छ ।
नियमति अनुगमन , उद्धार गरेर आवश्यक सेवा प्रवाह गर्ने वेवारिसे सडक मानवहरुको मानवोचित उद्धार, औषधोपचार,पालसनपोषण, परिवार पत्ता लागेपश्चात पारिवारिक पुनःमिलन गराउने, मनोपरामर्शको सेवा प्रवाह गर्नेकामलाइ तिब्रता दिइएको उपप्रमुख गुमादेबी आचार्यले बताउनुभयो।
बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्नुअघि उपमहानगरले पत्रकारहरुसंग अन्तरक्रिया तथा छलफल, वडा अध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु र सबै कर्मचारीसंग छलफल भएको छ । त्यस्तै पुस १ गते सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नेपाली सेना, मानवसेवा आश्रमसहितको बैठक बोलाएको छ ।
लगातारको अभियानपछि कार्यान्वयन हुने गरि नै मानव सभ्यताको शहर घोषणा गरिने उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीले बताउनुभयो ।
बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा र कार्यान्वयनका लागि सरोकारवालालाइ प्रतिबद्धता सहित हस्ताक्षर अभियान पनि संचालन गरिएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्