भैरहवा । लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह गर्न लागिएको छ ।
त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको बिशेष महत्व भएका कारण नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो । त्रिपिटक वाचन कार्तिक २८ गते बिहान ७ बजे देखी मायादेवी मन्दिर पवित्र उद्यान भित्र गरिदै छ । समारोह आगामी कार्तिक २८ गते देखी ३० गते सम्म लुम्बिनीमा आयोजन गरिदै छ ।
यसको लागी १८ देशका ७ सय भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउदैछन् । त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए ।
अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।
यस पटक लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा )गर्दा सुनाउनु भएको बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यहरुका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागी अत्यन्त महत्वपूर्ण रहने बताईएको छ ।
त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ– आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन ।लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने आयोजक संस्थाका स्थानिय सचिव चेतन पन्तले बताए ।
अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम हुदैछ । कार्यक्रमका लागी भोजन आवास, यातायात ब्यवस्थापन सम्बन्धि काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए ।
बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्