गुल्मी/ जनता टुडे
गुल्मी जिल्लामा यस वर्ष धान उत्पादमा वृद्धि भएको छ । उन्नत जातको खेतीतर्फ कृषकको आकर्षण बढ्नु, समयमै पर्याप्त वर्ष भएको र रोग कीराको प्रकोप नदेखिएकाले धान उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष धान उत्पादनमा ०.१९ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सनबहादुर रानाले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७६र० ७७ मा धान खेती हुँदै आएको १० हजार ४ सय ३५ हेक्टर क्षेत्रफलमा २९ हजार ९ सय ६५ मेट्रिकटन धान उत्पादन भएको हो । जसको उत्पादकत्व २.८७ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । धानको उत्पादकत्वमा वृद्धि भएपनि धान लगाउने क्षेत्रफलमा भने कमी हुँदै गएको निमित्त प्रमुख रानाले बताउनुभयो ।
उहाका अनुसार जिल्लामा आ.व ०७५र०७६ मा कुल १० हजार ४ सय ३५ क्षेत्रफलमा धान खेती गरिएकोमा २७ हजार ९ सय ८९ मेट्रिकटन धान उत्पादन भएको थियो । जसको उत्पादकत्व २.६८ प्रतिशत मेट्रिकटन प्रतिहेक्टर हुन आउँछ । आ.व ०७४र०७५ मा कुल १० हजार ४ सय ४० क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा २६ हजार ९ सय १३ मेट्रिकटन धान उत्पादन भएको थियो ।
जसको उत्पादकत्व २.६८ मेट्रिकटन प्रतिहेक्टर हुन आउँछ । जिल्लामा धान उत्पादन हुने क्षेत्रफल मध्ये हाइब्रिड ७ प्रतिशत, उन्नत जातका धान ६५ प्रतिशत र स्थानीय जातका धान २८ प्रतिशत क्षेत्रफलमा लगाउने गरिएको छ ।
हाईब्रिड जातको धान यूयस ३ सय १२, उन्नत जातका धानहरु खुमल ४, खुमल ६, खुमल १० र खुमल ८ लगाउने गरिन्छ । हंसराज आपझोते, हावा, लामी, मानामुरी, काठेजिनुवा लगायतका स्थानीय जातका धानहरु समेत लगाईने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जसमा हाईब्रिड जातको धानको उत्पादकत्व बढी देखिएको छ । त्यसमध्ये हाइब्रिड जातको यूएस ३ सय १२ जातको धानको उत्पादकत्व ६.३०, रामधानको ७ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।
यस्तै उन्नत जातको धानको उत्पादकत्व साढे तीन मेट्रिकटन प्रतिहेक्टर रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रानाले जानकारी दिनुभयो । स्थानीय जातको धानको उत्पादन भने कम रहेको उहाले बताउनुभयो। जसमा २.४४ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । त्यसमध्ये स्थानीय जातको धानमा भने रोगको प्रकोप बढी देखिने गरेका कारण उत्पादनमा कमी आएको देखिन्छ ।
जिल्लाका चौरासी, वामी, जोहाङ, रुपाकोट, मजुवा, शान्तिपुर, अर्वेनी, अश्लेवाचौर, हँसरा, लिम्घा, छल्दीपनाहा, रातडाडाँ लगायतका फाँटहरुमा बढी मात्रामा धान उत्पादन हुँदै आएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्