देउसी भैली कार्यक्रम गर्दै नेपाल होचा पुड्का संघ

देउसी भैली कार्यक्रम गर्दै नेपाल होचा पुड्का संघ

काठमाडाै । नेपाल होचा पुड्का संघले सोमबारबाट देउसी भैलो कार्यक्रम खेल्न सुरु गरेको छ। नेपालीको देस्रो महान चाड दिपावलीको संस्कृति जोगाउन र ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागी सहयोगार्थ रकम संकलनका गर्न देउसी तथा भैलो कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष निर्मल मग्रातिले बताए ।

‘होचा पुड्काको एकता, आजको आवश्यकता सार्थक र चेतनामुलक कलाकारीता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ उनीहरुले आजबाट भृकुटीमण्डपमा देउसी तथा भैली खेल्न सुरु गरेका हुन् । उनीहरुले आजदेखि लगातार पाँच दिनसम्म फरक फरक ठाउँमा देउसी भैलो खेल्ने बताए । उनीहरुले एक ठाउँमा संघका सदस्यहरु भेला गरेर आफ्नो नृत्य तथा देउसी भैली प्रस्तुत गर्ने छन् ।

देशभरका होचा तथा पुड्काहरुको ऐतिहाँसीक राष्ट्रिय सम्मेलन गर्नका लागी सहयोग जुटाउन कार्यक्रमले टेवा पुग्ने संघका अध्यक्ष मग्रातीले बताए ।उनले शरीरिक रुपले होचा र पुुड्का भए पनि अरुहरुको भन्दा कम प्रतिभा नरहेको जानकारी गराए । पहिले पहिले अरुको छेउमा जान र घुलमील हुन लाज मान्ने उनीहरु आजभोली आफै संघ खोलेर आफू जस्तै अरुको सेवा गरि रहेका छन् ।

कार्यक्रम पर्यटक व्यवसायी गोपाल बाबु श्रेष्ठको प्रमुख आत्तिथ्यतामा कार्यक्रम सुरु गरिएको थियो । बिगतमा झैँ आगामी दिनमा होचा पुड्का संघको हकहितमा सदा साथ र सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए।

संस्थाका महासचिव लेख बहादुर मोक्तानले देउसी भैलोबाट उठेको रकमले राष्ट्रिय सम्मेलन गर्ने र काठमाडौँमा कोहि पनि नभएका होचापुड्कालाई सहयोग गर्ने बताए। काठमाडौँमा कोहि पनि नभएका होचा पुड्कालाई गोलढुंगामा बसोबासको व्यवस्था मिलाइसकेको समेत बताउदै उनीहरुको हकहित सुरक्षित गर्न कल्याणकारी स्व कोष स्थापना गर्ने समेत जानकारी दिए । हाल ५ जना होचापुड्कालाई संस्थाले गोलढुंगामा बसोवासको व्यवस्था मिलाएको महासचिव मोक्तानले बताए।

कार्यक्रमका बिशेष अतिथि समाजसेवी बिनयजंग बस्नेतले होचा पुड्काहरुलाई हाँसोको पात्रको रुपमा चित्रण गर्ने मानसिकता त्याग्दै उनीहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा होचापुड्काहरुको लागि सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै अर्का अतिथि नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले १५५ वटा मेडिकलमा होचा पुड्काको लागि औषधि र स्वास्थ्य चेकजाचको व्यवस्था गरिएको जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय कलाकार गणेश गुरुङ, सुमन परियार, वेलिमाया गोर्खाली, मिना थापामगर, मनमोहन बिक, यादब पोखरेल, प्रितम थापामगर, गणेश परियार लगायतले बाद्यवादन तथा गायन सहित विभिन्न प्रस्तुति दिएका थिए। होचापुड्का संघका सदस्यले कलाकारको प्रस्तुतिमा आकर्षक नृत्य गर्दै कार्यक्रमको माहोल तताएका थिए । संघले आगामी बर्षमा पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij