काठमाडौं
सानेपास्थित नेपाली कांग्रेसको मुख्यालयमा नेपाल विद्यार्थी संघको कुन्दनराज काफ्ले समूहले रिले अनशन थालेको छ। ३२ वर्षे उमेरहदसहितका माग पूरा हुनुपर्ने अडानसहित नेविसंघको काफ्ले समूहले रिले अनशन थालेको हो। बुधबार पहिलो दिनको रिले अनशनमा ६ जना विद्यार्थीहरु बसेका छन्। निवर्तमान केन्द्रीय सदस्य रुपा पोख्रेलको नेतृत्वमा रिले अनशन सुरु भएको विद्यार्थी नेता मनिष सिम्खडाले जानकारी दिए। सानेपामा पद्मा भुसाल, मनिता सिटौला, बिन्दा बोगटी, रोस्मिता कार्की र रुपा पोख्रेलसहितलाई पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले माला लागाइदिँदै रिले अनसनको सुरुवातको घोषणा गरे। रिले अनशनमा बसेका विद्यार्थीहरुले यदि नेपाली कांग्रेसले आफूहरुका माग पूरा नगरेमा आमरण अनसन बस्ने चेतावनी दिएका छन्। नेविसंघका नेता नवराज त्रिपाठीसहितले रिले अनशनमा बसेकालाई टीका लगाइदिँदै मातृपार्टीले माग पूरा नगरेमा अझै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। कार्यअवधि सकिएपछि अहिले नेविसंघ मृतप्राय छ। कांग्रेस सभापति शेरबहादुर देउवाले करिब ५० वर्षीय राजीव ढुंगानालाई नेविसंघको नेतृत्व दिन लागेपछि विद्यार्थीहरु पटक पटक आन्दोलित छन्।
प्रकाशित मिति : बुधबार, पुष २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्