बुटवल ।
सबै बाल बालिकाहरुलाई सबै किसिमका खोप लगाउने कार्यमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने प्रदेश नं ५ का स्वास्थ्य निर्देश डा बिनोद गिरीले बताउनुभएको छ ।
खोप लगाउने क्रम सुरु भएसँगै नेपालमा बाल मृत्युदर घट्दै गएको भन्दै उहाले बिभिन्न कारणले खोप लगाउन छुटेका बाल बालिकाहरुको पहिचान गरी खोप लगाउने व्यवस्था मिलाउने कार्यमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीद्धारा आज बुटवलमा आयोजित नगरपालिका तथा गाउपालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखहरुको खोप अभिमुखीकरण तथा पूर्णखोप दिगोपना योजना तयारी सम्बन्धी गोष्ठिमा बोल्दै निर्देशक गिरीले उक्त कुरा बताउनुभएको हो हु।
पालिकामै खोपको सूरक्षीत भण्डारण गर्ने व्यवस्था मिलाउन सके खोप बिग्रिनबाट जोगिने भन्दै उहाले त्यसका लागि पालिकाहरुले पनि आफ्नो तहबाट पहल गर्नुपर्ने आवस्यकता औल्याउनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा देबदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर केसी,सम्मरीमाई गाउपालिका अध्यक्ष चन्द्रभुषण यादव,प्रदेशका स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाई,स्वास्थ्य तालिम निर्देशक महेश्वर श्रेष्ठ,स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरी,खोप अधिकृत भेषराज शर्मा लगायतले खोपको महत्व र त्यसको नियमितताका बिषयमा आ आफ्नो भनाई राखेका थिए ।
प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्