गुल्मी /जनता टुडे
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई,मकै जोन गुल्मी को आ.ब.७६र७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मकै जोनको नया विस्तार भएका क्षेत्र अन्तरगत मदाने गाउपालिका वडा नं ४, म्यालपोखरीमा बिहिवार अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा मदाने गाउपालिका वडा नं .३,४ र ७ का गरि २५ जना कृषकहरुको सहभागिता रहेको थियो भने मदाने गाउपालिका वडा नं.४ का वडाध्यक्ष भिम प्रसाद भट्टराइले आफ्नो वडा पनि मकै जोनको कार्यक्षेत्र भित्र समाबेश भएकोमा खुसि ब्यक्त गर्नुका साथै परियोजनाको कार्यक्रम सन्चालनमा आफ्नो वडाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा ना.प्रा.स. यम बहादुर राना र सामाजिक परिचालक कृष्ण पराजुलीले सहजिकरण गर्नु भएको थियो। गोष्ठि पहिलो चरणमा म्यालपोखरीमा सम्पन्न गरिएको र दोस्रोचरणमा धुर्कोट गाउपालिका र मालिका गाउपालिकामा साथै तेस्रो चरणमा रेसुङ्गा नगरपालिकाको नया विस्तार भएका क्षेत्रमा सन्चानल गरिने कार्यक्रम संयोजक कुसुम पन्थीले जानकारी दिनु भयो ।
। मकै जोन अन्तरगत यस आ।व।मा जम्मा ४७ वटा कृषक समुह, सहकारी तथा फर्महरु आवद्ध भए संगै अहिले सम्ममा जम्मा १८६ वटा कृषक समुह ,सहकारी तथा फर्महरु आबद्ध रहेको कृषि अधिकृत समिर सिँह बराइ मगरले बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्