बुटवल /जनता टुडे
खीष्टमसको पूर्वसन्ध्यामा महिमा ज्योति मण्डली, बुटवल–११ रूपन्देहीले शुक्रबार खीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । खीष्टमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ ।
शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै खीष्टमस समाज बुटवलका संस्थापक अध्यक्ष डा। सिमन पाण्डेले राज्यले सबै धर्माल्म्बीहरूलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । खीष्टमस अर्थात प्रभु यशुको जन्मदिन विश्वभर मनाइने बताउनुभयो।
कार्यक्रममा बुटवल उप–महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री नगरमा सबै धर्मालम्बीहरू रहेको बताउनुभयो । महिमा ज्योति मण्डली बुटवलका सचिव कृष्णप्रसाद शर्माले खीष्टमसको दिन सार्वजनिक विदा दिन सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरत पाठक, महिला अधिकारकर्मी सावित्रा अर्याल, बुटवल उप–महानगरपालिका कार्यपालिका सदस्य सुस्मा अर्याल, साधना महिला विद्यालयका प्रधानाध्यापक विष्णु गौतम, नेकपा बुटवल उप–महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष दीननाथ भट्टराई, कांग्रेस बुटवल ११ का सचिव दुर्गाबहादुर खत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।
महिमा ज्योति मण्डलीका अध्यक्ष मनोहर पाठकको अध्यक्षता, केरेन चौधरीको स्वागत तथा मिलन राईको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाको प्रगति विवरण मण्डलीका सचिव कृष्णप्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्