बुटवल/जनता टुडे
मृगौलामा पत्थरी पर्यो भने निकाल्नकालागि अप्रेशन गर्नुपर्ने झण्झटले बिरामी त्यसै बस्ने गरेको तमाम उदाहरण छन् । लेजर पद्धतीबाट पत्थरी निकाल्ने प्रविधी भएपनि नजिकमा नहुँदा कतिपय शरीरमा ढुंगा बोकेर हिड्नुपर्ने बाध्यता जस्तै छ । त्यो समस्या निराकरणकालागि हालै बुटवलमा सञ्चालनमा आएको तिनाउ ईन्टरनेशनल हस्पिटलले यस क्षेत्रमै पहिलो पटक मृगौलाको पत्थरी निकाल्नका लागि लेजर प्रविधी भित्र्याएको छ ।
पाँच नं. प्रदेशमै पहिलो पटक लेजर प्रविधी भित्र्याएको तिनाउ हस्पिटलले ( आर.आइ.आर.एस) प्रविधी ल्याएसंगै सफल उपचार समेत सुरु गरेको छ । लेजर पद्धतीबाट मिर्गौलाको पत्थरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । आर.आइ.आर.एस. बिना अप्रेसन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि हो । सिनियर चिफ कन्सल्टेन्ट हाड जोर्नी ट्रमा, नसा तथा स्पाईन सर्जन राजेन्द्र सन्जेलका अनुसार यो प्रकारको उपचार सुविधा यस क्षेत्रमा थिएन, हामी गर्न सफल उपचार गरेका छौं ।
अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीका अनुसार प्रविधी ल्याएसंगै जनरल सर्जन डा. सन्जय कुमारको टिमले लेजर प्रबिधीद्वारा पत्थरी निकालेको हो । अस्पतालको प्रवन्ध निर्देशक बिमल श्रेष्ठले बिरामीको चुस्त सेवाकालागि अस्पताल प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्