बुटवल ।
युवा रेडक्रस स्वयंसेवक विनिमय कार्यक्रमको बुटवलमा समीक्षा कार्यक्रम भएको छ ।नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर÷युवा कार्यालयबाट १ महिनाको लागि रेडक्रस रुपन्देहीका विभिन्न विद्यालयहरुमा सर्कल गठन(पुनर्गठन तथा अभिमुखिकरण र तालिमहरु सम्पन्न पश्चात समिक्षा बैठक सम्पन्न भएको हो रुपन्देही रेडक्रस सभापति प्रेमलाल उदासको अध्यक्षतामा भएकोे कार्यक्रममा भने कार्यबाहक मन्त्री आर मोहम्मद खाँ, जुनियररयुवा रेडक्रस समिति रुपन्देहीका संयोजक अर्जुनराज उपाध्याय, सदस्य कृष्ण न्यौपाने, सदस्य रेशम खनाल साथै मणिग्राम उप–शाखाको जुनियर(युवा रेडक्रस समितिका संयोजक गुरुराज उपाध्यायले मन्तव्य राख्नुभएको थियो ।
केन्द्रीय जुनियर(युवा रेडक्रस कार्यालयका अधिकृत रमेशराज भण्डारी र युवा स्वयंसेवक बन्दना पोखरेलबाट प्रस्तुतीकरण गरिएको कार्यक्रमको संचालन रुपन्देही रेडक्रसका जिल्ला शाखा अधिकृत कृष्ण मल्लले गर्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्