JanataToday.com

Advertisment

SKIP THIS

अन्नपूर्ण सहकारीमा नयाँ नेतृत्व

अन्नपूर्ण सहकारीमा नयाँ नेतृत्व

 

बुटवल

अन्नपुर्ण बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेड बुटवलको १६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पवित्रादेवी गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा वसुन्धरा भुसाल, सचिवमा विष्णु प्रसाद पौडेल, कोषाध्यक्ष विष्णु पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा खिमराज ज्ञवाली, तिलकुमारी पाण्डे, बालकृष्ण बस्याल, विजय ज्ञवाली र हिरादेवी पाण्डे चुनिएका छन् । अधिवेशनले कमल बस्यालको संयोजकमा अरुण खनाल र मिना केसी सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।

अधिवेशनको बन्दसत्रले अध्यक्ष पवित्रादेवी गैरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको वार्षिक बजेटसहितको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । त्यसैगरी अधिवेशनले क्रृणको सीमा बढाउने, सदस्य संख्या वृद्धि गर्ने र सहकारी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने लगायतका कार्ययोजना पनि तय गरेको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij