सैनामैना ।
सैनामैनाको मुर्गिया स्थित सुनगाभा पब्लिक माध्यमिक विद्यालयले आफ्नो २४ अौँ बार्सिक उत्सव तथा अभिभावक दिवसको तिब्र तयारी गरिरहेको छ ।आजखेलकुद सप्ताहाको चौथो दिन क्रस कन्ट्रि रेस सम्पन्न भएको छ ।
आज विद्यालय प्राङ्गण हुँदै पाँचकुने र लुम्बिनी गेटबाट झारबैरा हुँदै विद्यालयमा आएर रेस टुंगिएको थियोे । ८ जना प्रतिस्पर्धि सहभागी उक्त रेसमा कक्षा १२ एच एमका केशब श्रेष्ठले १० मिनेटमा निर्धारित दुरि पार गर्दै प्रथम भएका छन् ।

त्यस्तै, ११ मिनेटमा निर्धारित दुरि पार गरेका कक्षा १२ फाईन्यान्सका राजन श्रेष्ठ द्वितीयत भएका हुन् भने कक्षा ११ एजुकेसनका नारायण पोख्रेल तृतीय हुन सफल भए । तृतीय पोख्रेलले निर्धारित दुरि १३ मिनेटमा पूरा गरेका थिए ।
ईलाका प्रहरी रन्यौरा मुर्गियाको बिशेष सहयोगमा सम्पन्न क्रस कन्ट्रि रेसको रिवन काटेर उद्घाटन गर्नुभएका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठले प्रतियोगिहरुलाई दौडदा सचेत हुन आग्रह गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।
अनौपचारिक रुपमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य तिलब केसिले प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय हुनु मात्र जित होईन भन्दै प्रतिस्पर्धिको हौसला बढाउनुभएको थियो । प्रतियोगिता सफलताका साथ सम्पन्न बनाउन शिक्षक , विद्यार्थी , प्रहरी लगायतको महत्त्वपूर्ण सहयोग रहेको थियो ।क्रस कन्ट्रि रेस सँगै२ तर्फका सम्पूर्ण खेल सम्पन्न भएका छन् । कार्यक्रम तालिकाअनुसार पुस १० गतेपर्सिसम्पन्न हुने अभिभावक दिवसको अवसमाभोली बृहत सचेतनामुलक सरसफाइ कार्यक्रम हुने भएको छ भने पर्सि रक्तदान सहित अभिभावक दिवस मनाईने ं२ संयोजक सञ्जय गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, पुष ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्