बुटवल,(जनता टुडे)— नेपाली काँग्रेसका नेता तथा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्नै नसक्ने बताउनु भएको छ । बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको औधोगिक व्यापार मेलाको आज बुटवलमा उदघाटन गर्दै नेता खाँणले राजधानी सार्न पाइन्छ की भन्ने बहानामा नाम र राजधानीको बिषय नअल्झाउन प्रदेश सभा र सरकारलाइ आग्रह गर्नु भएको हो ।
‘केही साथीहरुलाइ बुटवल मन परेको छैन । त्यसैले राजधानी सार्न पर्दा पछाडी गतीविधि भइराख्या छन भन्ने सुनिन्छ । एकजना बुटवलबासी र यहीको जनप्रतिनिधिका नाताले पनि म तपाइहरुलाइ भन्न चाहान्छु बुटवलबाट राजधानी सार्ने कुनैपनि गतीविधि नहोस । त्यो तपाइहरुले धान्नै सक्नुहुन्न । थेग्नै सक्नुहुन्छ’ पुर्व रक्षा मन्त्री समेत रहनु भएको नेता खाँणले भन्नुभयो । नाम र स्थाइ राजधानी तोक्नु पर्ने संवैधानिक अधिकार र जिम्मेबारी तत्काल पुरा गर्न उनले प्रदेस सरकार र सभालाइ आग्रह समेत गर्नु भयो ।
राजनीतिक,सामाजिक ,साँस्कृतिक,आर्थिक,पर्यटकीय तथा बहुसंख्यक जनताको पायक पर्ने हिसावले रुपन्देही देशकै केन्द्र भागमा रहेकाले यसैलाइ स्थाइ राजधानी तोक्नु पर्नेमा उहाले जोड दिनु भयो । भुगोललाइ मात्रै आधार बनाएर मध्य भागमै राजधानी बनाएका उदाहरण विश्वका कुनै पनि मुलुकमा नभएको भन्दै नेता खाँणले देशभित्रै पनि प्रदेश २ को मोरङ्ग,सुदुरपश्चिमको कैलाली र कणालीको सुर्खेत मध्य भाग नपर्ने दावी गर्नु भयो ।
राजनीतिक,सामाजिक ,साँस्कृतिक,धार्मिक, आर्थिक,औधोगिक,यातायात सेवाको सुगमता तथा महत्वलाइ ध्यानमा राखेरै अन्य प्रदेशको स्थाइ मुकाम तोकीएको भन्दै उनले प्रदेश ५ मा पनि सोही आधारमा बुटवल नै स्थाइ राजधानी बन्ने बताउनु भयो । बेलहिया भन्सार,अन्तराष्ट्रिय बिमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, सिद्धार्थ लोकमार्ग तथा अन्य प्रदेश र पहाडी जिल्लाहरु संगको कनेक्टिभिटीका हिसावले रुपन्देही नै प्रदेश राजधानीकालागि उपयुक्त रहेको तर्क नेता खाँणको थियो
।
प्रकाशित मिति : बुधबार, पुष ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्