जी २५ क्लवद्वारा कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

जी २५ क्लवद्वारा कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

बुटवल,  (जनता टुडे)  । जी २५ क्लव बुटवल ११ देवीनगरको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिबिर गरिएको छ । कञ्चन गाउँपालिका वडा नं. १ लौसामा भएको शिबिरमा २०८ जनाले आखाँ परिक्षण गराएका थिए । त्यसमध्ये १४ जनामा मोतियाबिन्दु भेटिएको चिकित्सकलाई उद्रित गर्दै क्लवका महासचिव जगदिश न्यौपानेले जानकारी दिनुभयो । लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा भएको आँखा स्वास्थ्य शिबिरमा सोही अस्पतालको चिकित्सकहरुको टोलीले बिरामीको आँखा परिक्षण गरेको थियो ।

शिबिरमा आँखा चेकजाँच गराएकाहरुलाई आँखाको स्याहार सम्बन्धि परामर्श सेवा समेत प्रदान गरिएको थियो भने आवश्यक पर्नेलाई निःशुल्क औषधी समेत प्रदान गरिएको क्लवले जनाएको छ । शिबिरमा मोतियाबिन्दु भेटिएका बिरामीको निशुल्क शल्यक्रिया गरिदिने पनि क्लवले जनाएको छ ।
शिबिरमा कञ्चन गाउँपालिका वडा नं. १ की सदस्य गोमा कार्कीले क्लवले ग्रामिण क्षेत्रमा आएर आँखा शिबिर सञ्चालन गरेको र आँखा स्वास्थ्य सम्बन्धि परामर्श सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अझैपनि ग्रामिण जनता आफ्नो स्वास्थ्य प्रति सजग हुन नसकिरहेको अवस्थामा क्लवले चेतनामुलक कार्यक्रम सञ्चानल गरेर राम्रो काम गरेको उल्लेख गर्नुभयो ।

क्लवका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सल्लाहकारहरु निर्मल नेपाल, हुमराज बस्याल, खेमराज अधिकारी लगायतले क्लवले सामाजिक काम गर्दै आएको र सामाजिक कामलाई निरन्तर रुपमा अंगाडी बढाईने बताउनु भयो । क्लवका सचिव सजन भारीको संयोजनमा भएको कार्यक्रमको सञ्चालन क्लवका महासचिव जगदिश न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij