JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमामा सघन सरसफाई,अभियन्ताहरु कुलो—नहरमा पोलोथिन बटुल्दै

तिलोत्तमामा सघन सरसफाई,अभियन्ताहरु कुलो—नहरमा पोलोथिन बटुल्दै

तिलोत्तमा, (जनता टुडे)  तिलोत्तमा नगरपालिकालाई खुला शुन्य पोलोथिन नगर बनाउने अभियान अन्तर्गत् आज पनि विभिन्न वडाहरुमा सघन सरसफाई गरिएको छ । नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित खुला शून्य पोलोथिन अभियानअन्र्तगत् आज वडा नं. १, २ र ३ मा सघन सरसफाई गरिएको हो ।
सरसफाईमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्षहरु तामनाथ पाण्डे, दधिराम गौतम, टंक तिवारीलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालय, बैंक, सहकारीलगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो ।


वडाबासीहरुको व्यापक सहभागितामा स्रोह—छत्तीस नहर, नयाँमिल, ड्राइभरटोल, जानकीनगर, योगिकुटी, शंकरनगर लगायत वडाका टोल, सडक, सार्वजनिक स्थानमा सरसफाई गरिएको नगरपालिकाले जनाएको छ । आजको सरसफाईबाट १२ ट्रेक्टर पोलोथिनजन्य फोहार संकलन गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पोलोथिनजन्य फोहारले मानव स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनमा नकारात्मक असर पारेकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाइएको बताउनुभयो । सरसफाईमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै उहाँले पोलोथिनजन्य फोहोर तोकिएको ठाउँमा मात्र बिसर्जन गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले सडक, सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न सबैलाई अनुरोध गर्दै फोहोर व्यवस्थान प्रणालीलाई थप प्रभावकारी गराउन नगरपालिका प्रतिबद्ध रहेको प्रष्टाउनुभयो ।


तिलोत्तमालाई शुन्य पोलिथिन क्षेत्र बनाउन सिम नेपाल सरोकारवालाहरुको सहयोगमा ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा लिई अघि बढेको छ । तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियान्ता निपेश ढाकाले बताउनुभयो ।
तिलोत्तमाले गत साउनदेखि नैं पोलोथिन झोला निषेध गरिसकेको छ । तिलोत्तमाको यो घोषणालाई सफल कार्यान्वयनमा ल्याउन पोलिथिन शुन्य बनाउने लक्ष्यमा अघि बढेको सिम नेपालले आफ्नो अभियानको सुरुवात तिलोत्तमाबाट गरेको हो । ‘हामीहरुको उद्देश्य भनेको खेतबारी, कृषिभूमि, वनजंगल, खोलानाला, कुला, सार्वजनिक स्थान, सडकमा भएको पोलोथिनजन्य फोहोरलाई शुन्यतामा झार्ने हो ।’–अभियान्ता ढाकाको दाबी छ ।
ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमाको अभियानलाई साथ दिन ग्रीनरी नेपालका अभियन्ताहरु तिलोत्तमा आएका हुन् । अभियान्ताहरु पोलोथिनलाई शुन्यतामा झार्ने प्रयासका साथ तिलोत्तमाका टोल–टोलमा पुगेका छन् ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij