जनता टुडे, भैरहवा
सिद्धार्थ होटल एशोसिएसन नेपाल सान द्धारा अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सडकखाना महोत्सव हुने भएको छ । भैरहवा क्षेत्रका बासीहरुलाई मनोरञ्जन दिने र नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले डिसेम्बर ३१ तारिकका साँझ भैरहवाको रणअम्बिका शाह आँखा अस्पतालको सडकमा महोत्सव गर्न लागिएको सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा ४० ओटा स्टल निःशुल्क रहने र स्टलमा नेवारी, मगर, मुस्लिम, थारु, गुरुङ, पाल्पाली लगायतका खानाका परिकार पाउनुका साथै सबै स्टलमा १५ रुपैँयामा १ लिटर पिउने पानी र २५ रुपैँयामा खाना पाउने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक मनोरञ्जन शर्माले बता। दर्शकलाई मनोरञ्जन दिनको लागि बालकलाकार प्रितम आचार्य र आयुष केसीको साथमा स्थानीय कलाकारको प्रस्तुती रहने सानका महासचिव रविन्द्र शर्मा घिमिरेले बताउनुभयो।
प्रकाशित मिति : शनिबार, पुष १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्