JanataToday.com

Advertisment

SKIP THIS

दोस्रो बुटवल सडक महोत्सव आजदेखी सुरु

दोस्रो बुटवल सडक महोत्सव आजदेखी सुरु

बुटवल ।
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ आजदेखी बुटवलमा दोस्रो सडक खाना महोत्सव सुरु हुदैछ ।
अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ आज पुस १४ देखि १६ गतेसम्म संचालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टलको सहभागिता हुने भएको छ ।
सडक खाना महोत्सव स्थललाई दुलही झै सिगार्नकाम सम्पन्न भैसकेको स्टल व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताउनुभयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक समुन्द्र जिसीले आज साँझदेखि शुरु हुने खाना महोत्सवको सबै तयारी पुरा भएको बताउनुभयो ।
राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गदै आन्तरिक तथा वाह् पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै बुटवल क्षेत्रका खानपानका परिकार वारे अवगत गराउनु नै खाना महोत्सवको लक्ष्य रहेको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनुभयो। सडक खाना महोत्सव बुटवल उपमहामनगरपालिका वडा नं९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा संचालन हुनेछ ।
तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । महोत्सव आयोजना हुने दिन पुष १४ गते आज दिउसो १ बजे पष्पलालपार्क बाट कार्यक्रम स्थलसम्म विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको ¥याली निकालिने र ¥यालीको समापनसंगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट अपरान्ह ४ वजे खाना महोत्सवको समुदघाटन हुने छ ।
सोही समारोहमा सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिने कार्यक्रम रहेको महासचिव माधव कुमार खनालले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij