बुटवल
प्रदेश ५ सरकारले १३औं दक्षिण एशियाली खेलकुद {साग}का बिजेतालाई सम्मान गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक बिजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार, रजत एकललाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको मन्त्री लिला गिरीले जानकारी दिनुभयो ।
बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले अध्ययन गरेर प्रदेश स्तरीय पाठ्यक्रम निर्माण गर्ने गर्नेछ ।
बैठकले कृषि क्षेत्रमा कृषि स्वयम्सेवक नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ ।
प्रकाशित मिति : सोमबार, पुष १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्