बुटवल ।
प्रदेश ५ सरकार जहिले पनि व्यवसायीहरुको हितमा रहेको भन्दै जे जस्तो सहयोग गर्न पनि आफुहरु तयार रहेको प्रदेश ५ का उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले बताउनुभएको छ ।लुम्बिनी फलफुल तथा थोक व्यवसायी संघको १३ औ साधारण सभा तथा अधिवेसन उद्घाटन उहाले व्यवसवायीहरुको व्यवसायीक भविश्य सुनिश्चितताको लागि प्रदेश ५ सरकार सधै तयार रहेको बतानुभयो । यस्तै कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले व्यवसायीहरुको व्यवसायीक शुनिश्चिताका लागि सरकार लागि परेको भन्दै व्यवसायको दिगो पनाका लागि उत्पादक किसान व्यवसायीहरुको विचमा कुनै पनि खाडल बाँकी हुन नहुने बताउनभयो ।
कार्यक्रममा नेपाल फलफुल तरकारी ब्यबसायी महासंघका केन्दीय अध्यक्ष खुम प्रसाद घिमीरे ले फलफुल तरकारीका समस्या धेरै रहेको भन्दै राज्यले समयमा ब्यबथापन गन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेकपा बुटवल उपमानगरापलिका कमिटि अध्यक्ष बाबुराम पन्थी, नेपाली काग्रेस नगर सभापती खेलराज पाण्डे, खुद्रा किनारा ब्यबसायी संघका अध्यक्ष गंगाधर न्यौपाने, रूपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उधोग ब्यापार संघका बाणिजय उपाध्यक्ष ज्वोति भन्डारी, प्रदेस न ५ उपभोक्ता हित सरक्षण मंच अध्यक्ष तेज कुमार पाठक, सस्थापक अध्यक्ष घनश्याम भुषाल, नाराणघाट फलफुल ब्यबसायी संघका अध्यक्ष मदन सापकोटा, महानगर फलफुल तरकारी ब्यबसायी संघ का अध्यक्ष थिर प्रसाद धिताल, बाबुराम भुसाल लगायतले बोल्न भएको थियो ।
कार्यक्रममा विभिन्न सममयमा रक्तदान गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको थियो
प्रकाशित मिति : सोमबार, पुष १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्