बुटवल, (जनता टुडे) – बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेलाबाट दुई वटा कोरियन लग्जरियस साङ्योङ् गाडी बिक्री भएको छ । उक्त कम्पनीको यस क्षेत्रको आधिकारिक बिक्रेता प्रभु ट्रेड लिंकले मेलामा राखेको स्टलबाट सोमबार दुईवटा गाडी बिक्रि भएको कम्पनीका अपरेशन हेड खेमानन्द भट्टराईले जानकारी दिनुभयो ।
मेला अवलोकनकालागि आएका चार कन्या विजनेश ग्रुप नवलपरासीका अतित कुमार कोहार र अतित निर्माण सेवा सेमरा रुपन्देहीका राजेश्वर यादवले ती गाडी खरिद गर्नुभएको हो । उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला स्टल पूर्वाधार निर्माण उपसमितिका संयोजक प्रकाश श्रेष्ठ र प्रभु ट्रेड लिंकका प्रवन्ध निर्देशक दिपेन्द्र यादवले बिक्री भएका गाडीको चावी हस्तान्तरण गर्नुभयो ।
प्रभु ट्रेड लिंकले मेला अवधिभर मेला स्थलमा बुकिङ् हुने गाडीकालागि बुकिङ्मा एक लाख छुट वा ब्याङ्कक, दुबै र सिंगाुपर टुर प्याकेज, फूल ईन्स्योरेन्स, ईजि फाईनान्स र ट्याक्स छुटको अफर गरेको सेल्स हेड रोषन पौडेलले जानकारी गराउनु भयो । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस ९ देखि बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा २० औं संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गरेको मेलामा ५ सय स्टल राखिएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्