काँग्रेस रुपन्देहीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनायो

काँग्रेस रुपन्देहीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनायो

भैरहवा,(जनता टुडे) – नेपाली काँग्रेस रुपन्देहीले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अबसर पारेर आज भैरहवामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले नेपालमा बाह्य शक्ति हावी हुँदा देश गम्भिर अवस्थामा पुग्ने खतरा रहेको बताउनु भयो ।

पुर्व मन्त्री समेत रहनु भएका भण्डारीले सरकार विदेशीको इशारामा चलिरहेको बताउदै यस्तै अवस्था रहीरहे गम्भिर शंकट निम्तने दावी गर्नुभयो । दुइ तिहाइको दम्भमा सरकारले जनताको मौलिक अधिकार खोसेको र विदेशीको इशारामा चलीरहेको भन्दै नेता भण्डारीले त्यसालाइ रोक्न काँग्रेस बलियो प्रतिपक्षको रुपमा अगाडी बढनु पर्ने बताए । त्यसकालागि पार्टी भित्रै आपसमा लडन छोडेर मेलमिलापका साथ देश र जनताकालागि बलियो प्रतिपक्षको रुपमा उभिनु पर्नेमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, प्रदेश सभासदहरु रमा अर्याल,फकरुद्धिन खाँन, पुर्व सभापती रामचन्द्र ढकाल, सचिव रामकृष्ण खाण, क्षेत्रीय सभापती हरि लम्साल,शम्भु प्रसाद गुप्ता, सरोज भट्टराई लगायतले बोल्दै राष्ट्र र जनताको हितकालागि काँग्रेस एक भएर अगाडी बढनु पर्नेमा जोड दिएका थिए ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ २०३३ साल पौष १६ गते काँग्रेसका संस्थापक विपि कोइराला, गणेशमान सिंह लगायतका नेताहरु ८ बर्ष लामो निर्वाशन अन्त्य गरी स्वेश फर्कीएको दिनलाइ नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको रुपमा मनाउदै आएको छ ।

प्रकाशित मिति : बुधबार, पुष १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij