काठमाण्डौ
अब एटीएम मेसिनबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको छ ।
यसअघि दैनिक ६० हजार रुपैयाँसम्म निकाल्न मिल्ने गरेकोमा राष्ट्र बैंकले पुरानै व्यवस्था कायम गरेको हो ।
गएको भदौसम्म पनि एटीएमबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था थियो । तर चिनियाँ नागरिकले नक्कली कार्डबाट एटीएम मेसिनको पैसा निकालेपछि राष्ट्र बैंकले सीमा घटाएको थियो ।
अबको व्यवस्थाअनुसार एटीएम कारोबारमा न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढीमा एक लाख रुपैयाँ निकाल्न पाइनेछ । यसअघि प्रतिकारोबार २० हजार र प्रतिदिन अघिकतम ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको एकीकृत निर्देशनमा विद्युतीय कार्डमार्फत हुने कारोबारमा अब अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था पनि छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्