सन्दीप फेरि दिल्लीबाटै आइपीएल खेल्ने

सन्दीप फेरि दिल्लीबाटै आइपीएल खेल्ने

काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् ।

दिल्लीले यस सिजनका लागि अन्य मुलुकका नामुद खेेलाडीहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् । दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र ड्यान क्रिस्टियन, लियाम प्लंकेट र जुनिअर डालालाई टोलीमा समावेश गरेको छैन ।

भारतीय स्पिनर सहबाज नदीम, अलराउण्डर विजय शंकर, अभिषेक शर्मा र विकेटकिपर नमन ओझा पनि अर्को सिजनका लागि टोलीमा समेटिएका छैनन् । दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई भने टोलीमा ल्याएको छ । यसका लागि विजय शंकर, अभिषेक शर्मा र सहबाज नदीम हैदराबाद पुगेका छन् ।

पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका श्रेयस ऐर, ओपनर पृथ्वी शाअ, ऋषभ पन्तसँगै कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट भने टोलीमा रहेका छन् ।भारतीय ब्याट्सम्यान मनाजोत कालरा, जयन्त यादव, राहुल टेवाटिया, हर्षल पटेल, अमित मिश्रा र आवेश खान पनि अर्को सिजन दिल्लीकै जर्सीमा हुनेछन् ।

यसपटक आईपीएल नियमित हुँदै आएको मितिभन्दा केहि अगाडी सर्ने सम्भावना छ । मे महिनामा विश्वकप भएका कारण अप्रिलमा आयोजना हुँदै आएको आईपीएल यसपटक मार्चमा नै सुरु हुने प्रबल सम्भावना छ । क्रिकेट अष्ट्रेलियाले भने विश्वकपलाई मध्यनजर गर्दै यस सिजन विश्वकपमा सम्भावना भएका खेलाडीलाई आईपीएल खेल्न नदिने निर्णय लिएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij