विशेष गरी शहरी जीवनमा दिनको सुरुवातको अत्यावश्यक चिज बन्दै गएको कफीको प्रियता बिस्तार हुँदैछ । कफी पिउनेहरुको जमात ठूलो छ र नेपालमा व्यवसायिक रुपमा उत्पादन पनि हुँदै आएको छ गुल्मीसहितका जिल्लामा ।
कफी मानव स्वास्थ्यका लागि फाइदाजनक छ । यसले दुखाई कम गर्ने, फाइबरको इनटेक बढाउने, कलेजोको सिरोसिसबाट जोगाउने, टाइप टू डाइबिटिजको जोखिम कम गर्ने, अल्जाइमरको जोखिम कम गर्ने, डिप्रेसन तथा आत्महत्या गर्ने मनसाय हटाउने, पार्किन्सनबाट जोगाउने तथा मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।
१) दुखाई कम गर्ने
अध्ययनले देखाएको छ कि शारीरिक परिश्रम हुने खालको काम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ । द जर्नल अफ पेनमा प्रकाशित भएको अध्ययन अनुसार शारीरिक व्यायामपछि खाइने दुई कप कफीले व्यायामपछि हुने दुखाई ४८ प्रतिशतले कम गर्छ ।

२) फाइबरको मात्रा बढाउने
कफीमा फाइबरको मात्रा हुन्छ । फाइबर मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व हो । एक कप कफीमा १.८ ग्राम फाइबर हुने जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमेस्ट्रीले उल्लेख गरेको छ । एक व्यक्तिले दिनको २०–३८ ग्राम फाइबर लिनु पर्ने विज्ञले बताएका छन् ।
३) लिभरको सिरोसिसबाट जोगाउने
कलेजोको सिरोसिस हुनबाट कफीले जोगाउन सक्ने देखिएको छ । सेलको डिजेनेरेशनका कारण हुने सिरोसिसविरुद्ध कफी फाइदाजनक हुने हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ ।
४) टाइप टू डाइबिटिजको जोखिम कम गर्ने
दिनको ६ कप वा त्यो भन्दा बढी कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ । पछिल्लो अध्ययन अनुसार एक कप कफीका कारण टाइप टू डाइबिटिजको जोखिम ९ प्रतिशत कम गर्ने देखिएको छ ।
५) अल्जाइमरको जोखिम कम गर्ने
कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्ने केही अध्ययनहरुले देखाएका छन् । कफीले ब्रेन प्लाक्यु निर्माणलाई जोगाउने देखिएको छ । ब्रेन प्लाक्यु कम हुँदा अल्जाइमरसहितका रोग लाग्छ ।

६) आत्महत्या तथा डिप्रेशनको जोखिम कम गर्ने
१० वर्षसम्म ८६ हजार भन्दा बढी महिलामा गरिएको अध्ययन अनुसार कफी पिउनेहरुमा आत्महत्याको जोखिम कम हुने देखिएको हो । यस्तै अर्को अध्ययनमा दिनको चार कप वा त्यो भन्दा बढी कफी पिउने महिलामा डिप्रेशनको जोखिम २० प्रतिशतले कम हुने देखिएको छ ।
७) पार्किन्सनबाट जोगाउन सहयोग गर्छ
स्वीडनेमा भएको पछिल्लो अध्ययन अनुसार कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्ने देखिएको छ । वंशाणुगत कारणले हुने पार्किन्सनबाट पनि कफीले जोगाउन सक्ने अध्ययनमा उल्लेख छ ।
८) मुटु सम्बन्धी रोगको जोखिम कम
कोरियामा भएको अनुसन्धानले कफीका कारण मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको छ । दिनको तीनदेखि पाँच कप कफी पिउनेमा मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको हो ।
९) कफी पिउनेहरुको डिएनए बलियो
युरोपियन जर्नल अफ न्युट्रिसनमा प्रकाशित भएको अध्ययन अनुसार कफी पिउनेहरुको डिएनए बलियो हुने देखिएको छ ।
१०) मल्टिपल स्क्लोरोसिसको जोखिम कम गर्ने
कफीका कारण मल्टिपल स्क्लोरोसिस (एमएस) को जोखिम कम हुने देखिएको छ । पछिल्लो अध्ययन अनुसार दिनको कम्तिमा चार कप कफीले एमएसको जोखिम गर्ने देखिएको छ ।
११) कोलोरेटिकल क्यान्सरको जोखिम कम गर्ने
कफीको कम मात्रै प्रयोगले पनि कोलोरेटिकल क्यान्सरको जोखिम २६ प्रतिशतले कम गर्छ । कफीको मात्रा बढ्दै जाँदा जोखिम थप घट्दै जान्छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्