मुलुकको शासन बिधिमा चलेन : काग्रेस नेता खाँण

मुलुकको शासन बिधिमा चलेन : काग्रेस नेता खाँण

बुटवल: नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लोकतन्त्रको सस्थागत बिकास र आर्थिक समृद्धिका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।उनले अहिले सरकारले सुशानसमा लैजान नसकेको बताए ।

नेपाल जेसीजले भैरहवामा आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रमको आज भैरहवामा उदघाटन गर्दै उनले जनताका प्रतिनिधिले संबिधान बनाईसकेपछी भएको निर्वाचनबाट आएको दुई तिहाईको सरकारले लोकतन्त्रको सस्थागत बिकास भन्दा पार्टी हितमा चलिरहेकाले युवाहरु बढी सचेत हुनुपर्ने बताए ।

युवाहरुकै सहभागितामा बिभिन्न आन्दोलन सफल भई मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरेको उल्लेख गर्दै प्राप्त अधिकारलाई गुम्न नदिने दायित्व पनि युवाहरुको रहेको बताए । उनले भर्ने शासन पार्टी र आफन्तको लागि बने जस्तो छ । त्यस कारण हामीले बिषेश निगरानी राख्नुपर्छ,।

उनले शासन व्यक्तिको होइन बिधिको हुनुपर्छ भन्ने जेसिजको मुल नारा जीवन पर्यन्त सहि हुदै आएको बताउदै दुई तिहाईको अहिलेको कम्युनिष्ट सरकारलाई शासन पार्टी र व्यक्तिको हुनुपर्छ भन्ने जसरी काम गरेको बताए ।

उनले युवाहरुलाई लोकतन्त्रलाई पहिलो मन्त्र सम्झेर बिकास र समृद्धिका लागि काम गर्न पनि आग्रह गर्नु समेत गरे । खाणँले नेपाली काग्रेस अव ससंद र अन्य ठाउँमा सरकारले गरेका गलत गतिवधीलाई सशक्त रुपमा बिरोध गर्ने बताए ।

प्रकाशित मिति : आइतबार, मंसिर २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij