टिपिएल २ अाज : लुम्बिनी कसाई र बुटवल डाईनामाईट विजयी

टिपिएल २ अाज : लुम्बिनी कसाई र बुटवल डाईनामाईट विजयी

बुटवल: रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कसाई र बुटवल डाइनामाईट्स विजयी भएका छन ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटले ज्ञानोदय गोल्डस बुटवलमाथि ५ विकेट तथा बुटवल डाईनामाईटले एनएस सीए टाईर्गसमाथि ५ विकेटको जित निकालेको हो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनी कासाईले टस जितेर फिल्डिङ्ग रोजेको थियो । ज्ञानोदय गोल्ड्सका ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो ।

ज्ञानोदयका ब्याट्सम्यान सुनिल धमलाले ३१ रन, राहुल कुमारले १७ तथा आनन्द गौडले २२ रन जोडे । लुम्बिनी कासाईका प्रदिप जयसवालले ४ विकेट तथा दुर्गेश कुर्मीले २ र मान बहादुर थापाले १ विकेट लिएका थिए ।
मध्यम लक्ष्यलाई पछ्याएको लुम्बिनी कासाईका ब्याट्सम्यानहरुले १७.२ ओभरमा ५ विकेटको नोक्सानीमा जित निकालेका थिए ।

कासाईका सुमन पाण्डे ५० रन तथा सुनिल धवलले २५ रन बनाएका थिए । ज्ञानोदयका जितेन्द्र साहनी र सुनिल धमलाले २–२ विकेट लिएका थिए । खेलमा लुम्बिनी कासाईका प्रदिप जयसवाल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

यसैगरि आईतबार भएको दोस्रो खेलमा टस जितेर एनएस सीए टाईर्गसले ब्याटिङ्गको निर्णय गर्दै २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४१ रन जोडेको थियो । टाईर्गसका ओपनर ब्याट्सम्यान शंकर रानाले ४३, मनिष थापाले १६ रन, अर्जुन गिरीले ३० रनको योगदान दिएका थिए ।

बुटवल डाईनामाईट्सका विकास श्रेष्ठ र हरजित सिहले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछयाएको बुटवलका ब्याट्सम्यानहरुले १८.५ ओभरमा ५ विकेटको नोक्सनीमा जित निकालेका थिए । बुटवलका ओपनर ब्याट्सम्यान मृनल गुरुङ्गले ५५ रन बनाएका थिए । बुटवलका देव खनालले २६ तथा सौरभ खनालले ४३ रन बनाएका थिए ।

टाईर्गसका दुर्गेस गुप्ताले २ विकेट लिएका थिए । खेलमा बुटवलका मृनल गुरुङ्ग म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन ।

सोमबार रोयल च्यालेन्जर भैरहवाले आफनो दोस्रो खेल लुम्बिनी कासाईसंग तथा नुसी वरिर्यसले बुटवल डाईनामाईट्ससंग खेल्ने छन ।

प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन

प्रकाशित मिति : आइतबार, मंसिर २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij