सुनसरी : सुनसरीको दुहबीका फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सुनसरी प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनास्थल दुहबी–९ को जयबाबा इँटा उद्योग आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सात जना व्यक्ति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।
घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको थियो । हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै बन्द गराएका छन् । सडक बन्द भएपछी सयौ यात्रु अलपत्र परेका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्