ए डिभिजन लिग फुटबल: एनआरटीमाथि च्यासलको जित

ए डिभिजन लिग फुटबल: एनआरटीमाथि च्यासलको जित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । च्यासलको जितमा बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरे ।

एनआरटीका मोसोद अग्बोलाले गोल फर्काएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको च्यासलले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । खेलको १४ औं मिनेटमा नै अमिरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा फेरि अर्को गोल थप्दै अमिरले टिमलाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा विमल घर्तीमगरले हेडमार्फत गोल गरे भने ६३ औं मिनेटमा विमलको पासमा सन्तोष साहुखलले सुन्दर गोल गर्दै च्यासललाई ४–० को अवस्थामा पुर्‍याए ।

त्यस्तै, खेलको ८६ औं मिनेटमा विमलले दोस्रो व्यक्तिगत गोल गर्दै च्यासललाई ५–० गोलको अग्रता दिलाएका थिए ।खेलको अतिरिक्त सयममा एनआरटीले एक गोल फर्कायो । एनआरटीका लागि मोसोद अग्बोलाले गोल गर्दै ५–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

तर च्यासललाई एनआरटीले रोक्न भने सकेन ।बिहीबार नै दोस्रो खेलमा लिग लिडर थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा प्रतिस्पर्धा हुदैछ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij