बुटवल : तमुह्यूल छोंजधी गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति रुपन्देहीको प्रथम वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।
छोंजधीका जिल्ला अध्यक्ष वीमला गुरुङको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा प्रमूख अतिथि तमुह्यूल छोंजधी संरक्षक समिति संयोजक टेक बहादुर गुरुङ, केन्द्रिय अनुगमन तथा धर्मसंस्कार संस्कृति विभाग प्रमूख ठाकुरजंङ्ग गुरुङ, तमु छोंजधी गुरुङ राष्ट्रिय परिषद् प्रदेश पाँचका अध्यक्ष खुम बहादुर गुरुङ, नवलपरासी जिल्ला अध्यक्ष पुरन गुरुङ, जिल्लाका भू.पू. अध्यक्ष चन्द्र बहादुर गुरुङ, सिद्धार्थनगर समिति उपाध्यक्ष देवी गुरुङ, मधवलीया इकाई अध्यक्ष गज बहादुर गुरुङ, संस्थाका सल्लाहकार राजेन्द्रसिङ गुरुङ लगायतले बोल्दै तमु समुदायले सामाजिक क्रान्ती गर्नुपर्नेमा जोड दिए ।
उनले तमु समुदायको संस्कार र संस्कृतिलाई संरक्षण गर्नु पर्ने आवश्यक्ता रहेको धारणा राख्दै सामाजिक क्रान्ती नभइकन राजनैतिक लगायत अन्य क्रान्ती संभव नरहेको तर्क थियो ।
सो अवसरमा पच्यू, घ्याब्री (पुरोहित), प्रदेश, नगर र इकाइका नवनिर्वाचित छोंजधीका पदाधीकारीहरुलाई समेत सम्मान गरिएको थियो ।
साधारण सभाबाट अध्यक्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गम्मर बहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
संग्रहालय निर्माण, सप्ताहव्यापी ल्होसार कार्यक्रम, नेतृत्व विकास तथा चेतनामूलक कार्यक्रम लगायतका भावी योजना, रणनीति र कार्यक्रमहरु सभाले पारित गरेको छ । कार्यक्रम जिल्लाका बरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङको स्वागत तथा सचिव ओमप्रसाद तमुको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्