पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको ठूलो अपेक्षा राखेको बताउँदै दिगो विकासका लागि तीनवटै तहका सरकारले अभियानकै रूपमा भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी, सिँचाइजस्ता कुराको विकासलाई लैजानुपर्ने सुझाव दिए ।
उनले यो कार्यकाललाई ऐतिहासिक र मुलुक निर्माणका लागि नमूना बनाउन सरकारले महत्वपूर्ण योजना अघि सारेको बताउँदै अब नेपाली नागरिक पछुताउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले पर्वतका गाउँगाउँमा कच्ची सडक पुगेको बताउँदै पाँच वर्षभित्रमा सबै सडक कालोपत्रे गर्नका लागि तीनै तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्